कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक : मन्त्री गुरुङ

काठमाडौँ, १५ भदौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । 

आज १८ औँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालय दिवस मूल समारोह समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देशभर विभिन्न निकायले सञ्चालन गरेका पुस्तकालयलाई डिजिटलाइजेसन गर्दै तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् । 

युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुखस्थल बनेको उनले बताए । उनले विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको धारणा राखे । 

त्यसैगरी मन्त्री गुरुङले अवदेखी बैंक नोट बाहेक सबै चिजहरू हुलाक टिकट, स्मार्ट कार्डहरू लगायत सुरक्षण मुद्रण केन्द्रमा छापिने जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्