कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक : मन्त्री गुरुङ

काठमाडौँ, १५ भदौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । 

आज १८ औँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालय दिवस मूल समारोह समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देशभर विभिन्न निकायले सञ्चालन गरेका पुस्तकालयलाई डिजिटलाइजेसन गर्दै तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् । 

युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुखस्थल बनेको उनले बताए । उनले विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको धारणा राखे । 

त्यसैगरी मन्त्री गुरुङले अवदेखी बैंक नोट बाहेक सबै चिजहरू हुलाक टिकट, स्मार्ट कार्डहरू लगायत सुरक्षण मुद्रण केन्द्रमा छापिने जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी