साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आज नेपाल र भूटान भिड्दै

काठमाडौँ, १५ भदौ । भूटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।

भारतले एक खेल अगावै उपाधि जितेको छ । नेपाल र भूटान प्रतियोगिताबाट बाहिरिसकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ । प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क छ । उसले शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ ।

यस्तै आज भारत र बङ्गलादेश पनि खेल्दैछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि