भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

वासिङ्टन डीसी, १४ भदौ । अमेरिकी  अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ ।

शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो । हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भएपनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको छ । यसले ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्ने समय दिएको छ ।

सन् २०२५ को जनवरीमा दोहोरिएको राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन (आइइपीए) को प्रयोग गर्दै अधिकांश व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार शुल्क लगाएका थिए । ती शुल्कको प्रारम्भिक दर १० प्रतिशत थियो भने केही मुलुकहरूमा अझ बढी दर तोकिएको थियो ।

मेक्सिको, क्यानडा र चीनमाथि उनले लागूपदार्थको ओसारपसार नियन्त्रण गर्न भन्दै छुट्टै शुल्क समेत लगाएका थिए । तर अदालतको निर्णयमा भनिएको छ, ‘राष्ट्रपतिलाई आपतकालीन अवस्था घोषणा गरेपछि विभिन्न कदम चाल्ने अधिकार छ, तर त्यो अधिकारले भन्सार शुल्क वा कर लगाउने विषयलाई समेट्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर