थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटायो

एजेन्सी, १३ भदौ । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको छ ।

अदालतले प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाउँदै मन्त्रिपरिषद् विघटन गरेको बीबीसीले जनाएको छ । शिनावात्रा सन् २००८ पछि संवैधानिक अदालतले पदबाट हटाएको थाइल्यान्डकी पाँचौं प्रधानमन्त्री बनेकी छन् ।

कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि उत्पन्न विवादका कारण उहाँ गएको जुलाईमा निलम्बनमा परेकी थिइन् । उनले थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको कुराकानीले नागरिकमा आक्रोश निम्तिएको थियो ।

पेतोङतार्न शिनावात्रा थाइल्यान्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री थिइन् । उनले ३७ वर्षको उमेरमा पदभार ग्रहण गरेकी थिइन् । यस्तै उनी देशको दोस्रो महिला प्रधानमन्त्री पनि बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर