एएफसी यू–२३ एशियन कप छनोटका लागि नेपालको खेल तालिका सार्वजनिक

काठमाडौँ, १३ भदौ । ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि नेपालको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘के’ मा छ । नेपालले यही भदौ १८ गते घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भदौ २१ गते सिरिया र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ ।

नेपालको सबै खेल ताजकिस्तानको राजधानी दुशान्बेमा रहेको पामिर रङ्गशालामा हुनेछ ।

एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि नै टोली घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि