टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ ९६ रनले विजयी

काठमाडौँ, १३ भदौ । भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ ।

नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सबैभन्दा धेरै १७ रन बनाए । नेपालका युवराज खत्रीले ४, बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १/१ विकेट लिए ।

यसअघि गुवाहिटीमा टस जितेर ब्याटिङ गरेको नेपालको ‘ए’ टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो । नेपालका सन्दीप जोराले ३५, देव खनाल र पवन सर्राफले समान ३१, बसिर अहमदले २७, विवेक यादवले नटआउट २६ रन बनाए । आसामका आकाश सेनगुप्ताले ३ विकेट लिए ।

योसँगै ५ खेलको शृङ्खलामा नेपालको ‘ए’ टोली र आसामबीच १–१ को बराबरी भएको छ । हिजो भएको पहिलो खेलमा आसाम विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार