‘सोल्टिनी’ भाइटीकामा रिलिज हुने

काठमाडौँ, १३ भदौ । चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ ।

प्रकाश सपूत र परीक्षा लिम्बू मुख्य भूमिकामा रहेको चलचित्र कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शनमा आउनेछ । 

कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्वमा धरान उपमहानगरपालिकाका  मेयर हर्क साम्पाङ छन् ।

यो चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । मुख्य कलाकारमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारहरूले अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व

काठमाडौँ, २ असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको

काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक