अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

एजेन्सी, १२ भदौ । अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मारिनेमध्ये एक आठ वर्षको र अर्को १० वर्षको बालक छन् । घाइतेमध्ये १४ जना बालबालिका रहेका र उनीहरू सबैको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ । यो घटना स्थानीय समयानुसार हिजो बिहान करिब आठ बजेको हो ।

आक्रमणकारी २३ वर्षीय रोबिन वेस्टम्यानले चर्चको झ्याल हुँदै भित्र रहेका विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्रहरीका अनुसार वेस्टम्यानले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोली बस्ने भएको छ । पार्टी प्रचार विभागका प्रमुख निरज आचार्यका

परासी, २१ असोज । एमसिसी अन्तर्गत मिलेनियम च्यालेज अकाउन्ट (एमसिए)  नेपाल अन्तर्गत निर्माण भइरहेको चार सय केभी क्षमताको नेपाल–भारत सीमापार प्रसारण लाइनमार्फत

काठमाडौँ, २० असोज । ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा