फिल्म ‘कन्यादान’ निर्माणको घोषणा

काठमाडौँ, ११ भदौ । फिल्म ‘कन्यादान’ निर्माणको घोषणा गरिएको छ ।

अर्जुन सुवेदीले निर्देशनमा रहने फिल्मले श्रीमान् गुमाएका महिलाको जीवन र समाजले दिने चुनौतीलाई उठान गर्नेछ । 

फिल्मको सार ‘हरेक एकल महिलाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । समाजको परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसंग चलचित्रमा उठान गरिने बताए । 

कुमार भट्टराई र अर्जुन सुवेदीले चलचित्रको कथा लेखेका छन् । फिल्मको प्रस्तुतकर्तामा रेजिना विस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायांकन निर्देशनमा सुसन प्रजापति रहनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७