गाजामा भोकमरी चुलिँदै

एजेन्सी, ९ भदौ । इजिप्टले आइतबार गाजाका लागि नयाँ मानवीय राहत सामग्री बोकेको काफिला पठाएको छ ।

केही दिनअघि इजरायलले गाजासँगका नाका बन्द गरेपछि राहत पठाउने कार्य रोकिन पुगेको थियो । अहिले ती नाका पुनः खुलाइएसँगै इजिप्टले पुनः राहत पठाएको हो ।

राहत सामग्री इजिप्टको रेड क्रेसेन्ट संस्था अन्तर्गत सञ्चालित ‘सम्मानको अर्पण: इजिप्टबाट गाजातर्फ’ नामक अभियान अन्तर्गत पठाइएको हो । उक्त सामग्री राफाह नाकाबाट केरम शालोम नाका हुँदै इजरायली पक्षको निरीक्षणमा लगिएको थियो । निरीक्षणपछि सामग्री गाजातर्फ प्रवेश गराइएको हो ।

काफिलामा पिठो, दाल, रोटी, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरू रहेका छन् । यो राहत सामग्री त्यस्तो समयमा पठाइएको हो जब संयुक्त राष्ट्रसङ्घको समर्थनमा स्थापना गरिएको समन्वित खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) नामक संस्थाले गाजाको केही भागमा आधिकारिक रूपमा दुर्भिक्ष घोषणा गरेको छ । सो संस्थाले गाजामा चरम भोकमरी, खाना, औषधि र इन्धनको गम्भीर अभाव रहेको चेतावनी दिएको छ ।

इजिप्टको परराष्ट्र मन्त्रालयले यसअघि जानकारी दिँदै युद्ध सुरु भएयता गाजामा पठाइएको कुल राहत सामग्रीको ७० प्रतिशतभन्दा बढी इजिप्टले उपलब्ध गराएको बताएको थियो । मन्त्रालयका अनुसार हालसम्म इजिप्टले पाँच लाख पचास हजार टनभन्दा बढी सामग्री पठाइसकेको छ । यद्यपि, अझै पनि पाँच हजारभन्दा बढी राहत बोकेका ट्रकहरू राफाह नाकामा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोली बस्ने भएको छ । पार्टी प्रचार विभागका प्रमुख निरज आचार्यका

परासी, २१ असोज । एमसिसी अन्तर्गत मिलेनियम च्यालेज अकाउन्ट (एमसिए)  नेपाल अन्तर्गत निर्माण भइरहेको चार सय केभी क्षमताको नेपाल–भारत सीमापार प्रसारण लाइनमार्फत

काठमाडौँ, २० असोज । ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा