गाजामा युद्धविराम र बन्दीहरूको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

एजेन्सी, ८ भदौ । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन् ।

बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् । प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ ।

इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन अहिले युद्धन अन्त्य गर्न हमाससँग कुनै पनि सम्झौताको विरोधी रहेका अतिदक्षिणपन्थीको समर्थनमा टिकेको छ । 

यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमण र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोली बस्ने भएको छ । पार्टी प्रचार विभागका प्रमुख निरज आचार्यका

परासी, २१ असोज । एमसिसी अन्तर्गत मिलेनियम च्यालेज अकाउन्ट (एमसिए)  नेपाल अन्तर्गत निर्माण भइरहेको चार सय केभी क्षमताको नेपाल–भारत सीमापार प्रसारण लाइनमार्फत

काठमाडौँ, २० असोज । ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा