प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाडौँ, ७ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र टोटेनह्यामले खेल्दैछन् ।

यस्तै राति पौने ८ बजे बर्नमाउथ र वुल्भ्स, बर्नली र सन्डरल्याण्ड तथा ब्रेन्टफोर्ड र एस्टन भिल्लाबीच खेल हुनेछ । यसैगरी राति सवा १० बजे आर्सनल र लिड्स युनाइटेडले खेल्नेछन् ।

गएराति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–१ गोलले हराएको छ । गएराति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई फराकिलो गोलअन्तरले हराएको हो ।

यो सिजन दुई खेलमा चेल्सीको पहिलो जीत हो । अहिले तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीको चार अङ्क छ । यसअघि चेल्सीले आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेससँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि