काठमाडौँ, ५ भदौ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा नियुक्त गरेको छ ।
कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता दोहोर्याउँदै स्वस्तिमासँगको सहकार्यलाई निरन्तरता दिने घोषणा गरेको हो ।
पुनः नियुक्तिप्रति खुशी व्यक्त गर्दै खड्काले भनिन्, “मैले ईसेवा मनि ट्रान्सफरसँग सुरुवाती दिनदेखि नै सहकार्य गर्दै आएकी छु। यस यात्राले मलाई नेपालका धेरै स्थान र विदेशसम्म पुग्ने अवसर दिएको छ। त्यहाँ मैले नेपालीहरूको पीडा र खुसी दुवैलाई नजिकबाट महसुस गर्न पाएँ। यो यात्रालाई निरन्तरता दिन पाउनु मेरो लागि निकै उत्साहजनक कुरा हो ।”





