काठमाडौँ, ३ भदौ । निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएको छ ।
३ मिनेट ४३ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र मनोविज्ञानबारे खुलासा गर्ने प्रयत्न गरेको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको फिल्मको ट्रेलरमा शीर्ष कलाकार सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार, सरोज खनाल लगायत चित्रण छन् ।
‘कोशेढुंगा’ तीजको छेकोमा १२ भदौ (२८ अगस्ट)मा प्रदर्शन तयारीमा छ ।





