पोखरामा खुला पर्वतीय दौड हुने

काठमाडौँ, ३ भदौ । पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ ।

पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा खेलका माध्यमबाट खेल पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो । पोखरा–२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुने आयोजक पोखरा क्लिकले जनाएको छ ।

आठ किमी पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यु–१६, पर्यटन तथा ४० वर्ष माथिका भेट्रान तर्फको प्रोत्साहन गरी छ वटा ‘इभेन्ट’ समावेश गरिने छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० प्राप्त गर्नेछन् । द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थानसम्मलाई क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार वितरण गरिने छ ।

वडास्तरीय, खुला महिला र यु–१६ तर्फका विजेतालाई जनही रु १५ हजार र उपविजेतालाई जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । 

प्रतियोगिताका लागि अनलाइन आवेदन दर्ता खुला गरिएको छ । यही भदौ २५ गतेसम्म धावकले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि