लिभ-इन सम्बन्ध महिलाका लागि ठीक होइन : कंगना रनौट

काठमाडौँ, २ भदौ । अभिनेत्री तथा भाजपा सांसद कंगना रनौटले लिभ-इन रिलेसनशिप र डेटिङ संस्कृतिको विषयमा आफ्ना विचार सार्वजनिक गरेकी छिन् ।

हाउटरफ्लाइसँगको कुराकानीमा कंगनाले भनिन्, ‘हाम्रो समाजमा विवाह धेरै महत्त्वपूर्ण छ । यसमा पतिले आफ्नी श्रीमतीप्रति वफादार रहने वाचा गर्छन् । आजकल लिभ-इन सम्बन्धको धेरै चर्चा हुन्छ, तर मैले देखेकी छु कि यो महिलाका लागि सही कुरा होइन। यदि महिला गर्भवती भइन् भने, त्यसको जिम्मा को लिन्छ?’ ‘अदालतले मान्यता दिन्छ वा दिँदैन भन्ने अर्को कुरा हो। धेरैजसो कानुन महिलाको सुरक्षाका लागि बनेका हुन्छन्। तर वैज्ञानिक अध्ययनहरूले देखाउँछन् कि पुरुष र महिला फरक सोच्ने गर्छन् । पुरुषहरू सम्बन्धलाई तोड्न सक्छन्, महिलाहरू प्रायः सक्दैनन्। र विवाहपछि पुरुषहरू विशेष परिवर्तन पनि गर्दैनन्, चाहे उनीहरू पहिले लिभ-इन सम्बन्धमा बसेका किन नहोउन् ।’

डेटिङ एपमा प्रोफाइल बनाउने सोच राख्छिन् कि भनेर सोध्दा कंगनाले भने, ‘मलाई कहिल्यै पनि डेटिङ एपमा जाने इच्छा भएन। यी त हाम्रो समाजको वास्तविक नाली हुन् । सबैलाई आवश्यकताहरू हुन्छन् – आर्थिक, भौतिक वा अन्य। तर प्रश्न के हो भने यो आवश्यकताहरू कसरी पूरा गर्ने – राम्रो तरिकाले वा फोहोर तरिकाले?’

उनले अझ कडा प्रतिक्रिया दिँदै भनिन्. ‘आजकल डेटिङ गर्नु भनेको हरेक रात कसैलाई खोज्दै बाहिर निस्कनु हो। यो निकै नराम्रो अवस्था हो। डेटिङ संस्कृतिलाई म घृणित कार्य मान्छु र यस्ता मानिसहरूसँग सङ्गत गर्नेबारे कहिल्यै सोच्दिनँ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७