काठमाडौँ, १ भदौ । पल शाह स्टारर फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइलाई निरन्तरता दिइरहेको छ ।
प्रदर्शनको १० दिन आज अपरान्ह ४ बजेर १५ मिनेटसम्म यो फिल्मको कूल कलेक्सन ३ करोड ७ लाख रुपैयाँ ग्रस छ ।
फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ बताइएको छ । यसो हो भने, लगानी उठाउन हलबाट मात्र फिल्मले ४ करोड हाराहारीमा कमाउनुपर्छ । अरु विन्डोबाट भने फिल्मले लगानी सुरक्षित गरेको जनाइएको छ ।
विहिबारदेखि प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘वार २’ र ‘कुली’ले पनि ‘मोहर’लाई खासै असर नपारेको देखिएको छ । फिल्मको दोस्रो सप्ताहन्तको कमाइ आकर्षक नै मान्नुपर्छ ।






