म पनि एआई प्रयोग गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन् ।

आज डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको बताए ।

उनले भने, ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’  ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु । च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ ।’

तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिए । उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्‍दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममा लगाउनु पर्ने बताए ।

उनले भने, ‘बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो । मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ,’ ‘त्यसैले आकर्षणको केन्द्र भयो । यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ ।’

उनले प्रविधिको प्रयोगमा युवाहरुको आकर्षण बढाउनुपर्नेमा जोड दिए । ‘मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन् गर्नुपर्छ। यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ’ उनले भने ।

आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आईसीटी र एआई अघि बढाउने नीति सरकारले मन्त्रिपिषदबाट पास गरिसके समेत बताए । उनले भने, ‘म टेक्निकल क्षेत्रको मान्छे हैन, एआईको पनि हैन तर, कसरी आईसीटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पास गरेका छौँ । यसमा धेरै काम गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ । सल्यानको

काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागले सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालमा लिइएको

काठमाडौँ, २३ साउन । सिरहामा ९१ किलो २५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने चार जना फरार

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको