सुडानमा हैजाबाट एक सातामै ४० जनाको मृत्यु

एजेन्सी, ३० साउन । सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ । डाक्टर बिना सीमा (एमएसएफ) का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो ।

एमएसएफले जनाएको अनुसार, युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनको अवधिमा मात्रै दुई हजार ३०० भन्दा बढी बिरामीको उपचार गरेका छन् ।

गत वर्षदेखि साउन २७ सम्म, देशभर हैजाका ९९ हजारभन्दा बढी शङ्कास्पद बिरामी दर्ता भएका छन्, जसमध्ये दुई हजार ४७० जनाले ज्यान गुमाइसकेका छन् ।

हैजा प्रदूषित खानेपानी मार्फत सर्ने रोग हो, जसमा अचानक पखाला र अत्यधिक कमजोरी देखिन्छ । समयमै उपचार नपाए केही घण्टामै ज्यान जाने खतरा रहन्छ । यद्यपि, यो रोग नुनपानी घोल र औषधिको सहायताले सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ ।

तर, सुडानमा जारी द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन्, जसले शुद्ध खानेपानी र स्वास्थ्य सेवा पहुँचबाट वञ्चित भएकाले रोग फैलन सजिलो भएको एमएसएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर