टप टी-२० सिरिजमा आज अस्ट्रेलिया र नेपाल भिड्दै

काठमाडौँ, ३० साउन । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ ।

नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल शुक्रबार दिउँसो २:१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम छन्  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र