इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासीको मृत्यु

एजेन्सी, २९ साउन । इटालीको टापु लाम्पेडुसाको तटमा  बिहीबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थीहरू डुबेको  संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) फिलिपो ग्रान्डीले विज्ञप्तिमार्फत जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समा ग्रान्डीले सन् २०२५ मा मध्य भूमध्यसागरमा ७०० भन्दा बढी शरणार्थी र आप्रवासीले ज्यान गुमाएको बताएका छन् ।

उनले घटनाको पुष्टि गर्दै समुद्रमा उद्धार, सुरक्षित मार्गहरू, ट्रान्जिट देशहरूलाई मद्दत गर्ने र घटनालाई सम्बोधन गर्नुपर्ने जनाएका छन् ।  युएनएचसीआर इटालीका सञ्चार अधिकारीका अनुसार एजेन्सीले हाल भग्नावशेषबाट जीवित मानिसहरूलाई सहयोग गरिरहेको छ ।

उनीहरूले यस वर्ष मात्र मध्य भूमध्यसागरमा ६७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको बताएका छन् । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को भूमध्यसागरका लागि समन्वय कार्यालय प्रवक्ता फ्लेभियो डि गियाकोमोले घटनाहरूको विवरण दिएका छन् । 

सामाजिक सञ्जाल एक्समा जियाकोमोले करिब ९५ जना लिबियाबाट दुई डुङ्गामा गएका  तर एउटा जहाज डुब्न थालेपछि सबै यात्रुहरू अर्को डुङ्गामा चढ्दा अत्यधिक भारका कारण डुङ्गा पल्टिएको जनाइएको छ ।  

दुर्घटनामा परेर बाँचेका ६० जना व्यक्तिहरूलाई उद्धार गरिएको तथा ३५ जना बेपत्ता भएको आशङ्का गरिएको जियाकोमोले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर