काठमाडौँ, २९ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि ६० करोड रुपैयाँ ठगीको आरोप लागेको छ ।
यस सम्बन्धमा मुम्बईस्थित आर्थिक अपराध शाखाले शिल्पा र राजविरुद्ध ६० करोड ४० लाख भारु ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेका छन् । उनीहरूमाथि मुम्बईका एक व्यापारीलाई ठगी गरेको आरोप छ ।
अभिनेत्री र उनका पतिविरुद्ध जुहू प्रहरी स्टेसनमा ठगी र जालसाजीको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको समाचारमा उल्लेख छ ।
यद्यपि, यसमा संलग्न रकम १० करोड रुपैयाँभन्दा बढी भएकोले मुद्दा आर्थिक अपराध विभागमा हस्तान्तरण गरिएको छ । दीपक कोठारीले दर्ता गरेको भनिएको उजुरीको प्रारम्भिक अनुसन्धानपछि यो सम्पूर्ण मुद्दा दर्ता भएको हो । दीपक कोठारी जुहूका निवासी र लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज नाम गरेको इयटा एनबीएफसीका निर्देशक हुन् ।






