रुसले पूर्वी युक्रेनका दुई गाउँ नियन्त्रणमा लिएको दाबी

मस्को, २९ साउन । रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ ।

डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी सरकारको नियन्त्रणमै रहेको छ ।

रुसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ,“डोनेट्स्क जन गणराज्य अन्तर्गत पर्ने सुवोरोभो र निकानोरीभका बस्तीहरू मुक्त गरिएको छ ।” युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रलाई मस्कोले ‘डोनेट्स्क जन गणराज्य’ भनी सम्बोधन गर्ने गरेको छ ।

यी दुवै गाउँहरू डोब्रोपिलियाबाट करिब १५ किलोमिटर टाढा रहेका छन् । हालका दिनहरूमा रुसले यस क्षेत्रमा तीव्र सैन्य दबाब सिर्जना गर्दै युक्रेनी सुरक्षाकर्मीहरूका रक्षा पङ्क्तिहरू भेदन गर्न सफल भएको बताइएको छ । यो सैन्य प्रगति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने बैठकभन्दा केही दिन अगावै देखिएको हो ।

एएफपीले अमेरिकी ‘इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु)’ को तथ्याङ्कको विश्लेषण गर्दै मंगलबारको दिन २४ घण्टाभित्र रुसी सेनाले गरेको यो प्रगति पछिल्लो एक वर्ष यता सबैभन्दा ठूलो हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर