पुटिनसँग पहिलो बैठक सफल भए तत्काल दोस्रो बैठक हुनसक्छ : ट्रम्प

एजेन्सी, २९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्कामा हुने पहिलो बैठक सफल भए तत्काल दोस्रो बैठक आयोजना हुन सक्ने बताएका छन् ।

वासिङ्टनस्थित केनेडी सेन्टरको एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दोस्रो बैठकको सम्भावना बारे कुरा गरेका हुन् । उनले दोस्रो बैठकमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने प्रस्ताव गरेका छन् ।

ट्रम्पका अनुसार दोस्रो बैठकमा युद्ध विरामलाई मुख्य एजेन्डा बनाइनेछ, भने शुक्रबार हुने पहिलो बैठक दोस्रोका लागि ‘पूर्व तयारी’ मात्र हुनेछ । उनले भने, “यदि उनीहरूले चाहेँ भने पुटिन, जेलेन्स्की र मबिच छिट्टै अर्को बैठक गर्न हुनसक्छ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर