बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौँ, २८ साउन । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि ३० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक म्याट रसले आउँदो भदौ २१ गते र २४ गते हुने दुई वटा मैत्रीपूर्ण खेलका लागि आज प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । खेल दशरथ रङ्गशालामा हुनेछ ।

प्रारम्भिक टोलीमा पर्ने खेलाडीहरूमा अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अञ्जल श्रेष्ठ, अन्जन विष्ट रहेका छन् ।

त्यसैगरी भरत खवास, दीप कार्की, किरण चेमजोङ, मनिस डाँगीलगायतका खेलाडी प्रारम्भिक टोलीमा परेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र