गाजामा इजरायलको भीषण हवाई आक्रमण जारी

एजेन्सी, २८ साउन । इजरायली सेनाले गाजामा भीषण हवाई आक्रमण गरेको । गाजा  कब्जा गर्ने तयारी गरिरहेको इजरायलले आक्रमणलाई तीव्र पारेको हमासले सञ्चालन गरेको  नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमूद बासलले जैतून र सबरा आवासीय क्षेत्रमा तीन दिनसम्म भएको बम र ड्रोन आक्रमणबाट सर्वसाधारणका घरहरूमा ठूलो क्षति भएको बताएका छन् ।

उता, बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, क्यानडा र जापानले गाजामा फैलिरहेको भोकमरी रोक्न कदम चाल्न अपिल गरेका छन् । उनीहरूले गाजामा राहत सामग्री प्रवेशका लागि तत्काल, स्थायी र ठोस कदम चाल्न माग गरेका छन् ।

“हाम्रा आँखा अगाडि भोकमरी उत्पन्न भइरहेको छ । गाजामा राहत सामग्री प्रवेशका लागि तत्काल स्थायी र ठोस कदम चाल्न माग गर्दछौँ,” उनीहरूको संयुक्त वक्तव्यमा भनिएको छ ।

तर, इजरायलले गाजामा भोकमरी नभएको दाबी गरेको छ । सन् २०२३ को ७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गर्दा १२ सय भन्दा बढी व्यक्तिको ज्यान गएको थियो र २५१ जनालाई हमासले बन्धक बनाएको थियो । आक्रमणको जवाफमा गाजामा इजरायलको कारबाहीमा हालसम्म कम्तीमा ६१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजामा मृत्युको तथ्यांक हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको हो, जसलाई संयुक्त राष्ट्रले विश्वसनीय मानेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर