काठमाडौँ, २६ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो ।
कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो ५ रुपैयाँले बढेको छ । आज लोकल गोलभेँडा प्रतिकिलो ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भने लोकल गोलभेँडा प्रतिकिलो २५ रुपैयाँमा किनबेच भएको थियो ।
टनेलको सानो गोलभेँडा भने आज प्रतिकिलो ४४ रुपैयाँमा किनबेच भइरहेको छ ।






