गाजामा इजरायली आक्रमणबाट अल जजिराका चार पत्रकारको मृत्यु

एजेन्सी, २६ साउन । गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ ।

मृतकमा संवाददाता अनस अल- शरीफ, मोहम्मद कुरैकेह र क्यामेरा सहायक इब्राहिम जाहेर तथा मोहम्मद नुफाल छन्।

अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो।

आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको एक आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरेको छ, तर अल जजिराले यसलाई असत्य र पत्रकारमाथि लक्षित ‘उत्तेजना अभियान’को हिस्सा भएको जनाएको छ।

अनस अल–शरीफ आक्रमण हुनुअघि सामाजिक सञ्जालमा गाजा सिटीमा भइरहेको भीषण बमबारीको बारेमा लेखिरहेका थिए।

अक्टोबर २०२३ देखि गाजामा सुरु भएको इजरायली सैन्य कारबाहीमा अहिलेसम्म १८६ पत्रकारको मृत्यु भएको ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ का तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर