टर्कीमा ६.१ रेक्टरको भूकम्प

एजेन्सी, २६ साउन । टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा आइतबार ६.१ रेक्टर स्केलको भूकम्प आएको छ ।

केन्द्रबिन्दु सिन्डिर्गी सहरमा भएको भूकम्पका कारण करिब दर्जनौँ भवन भत्किएका छन् भने कम्तीमा दुई जना भग्नावशेषमा फसेका छन् ।

भूकम्पका झट्का करिब २०० किलोमिटर टाढा अवस्थित १ करोड ६० लाख जनसङ्ख्या भएको इस्तानबुलसम्म महसुस गरिएको थियो। नजिकैको गोल्चुक गाउँमा केही घर र मस्जिदको मिनार पनि भत्किएको छ ।

भूकम्पका झट्का करिब २०० किलोमिटर टाढा अवस्थित १ करोड ६० लाख जनसङ्ख्या भएको इस्तानबुलसम्म महसुस गरिएको थियो। नजिकैको गोल्चुक गाउँमा केही घर र मस्जिदको मिनार पनि भत्किएको छ ।

स्वास्थ्य मन्त्रीका अनुसार चार जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त छ। उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूलाई निकाल्ने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर