साफ यू–१७ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

काठमाडौँ, २५ साउन । भूटानमा हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज २३ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली युवा टोलीको गोलकिपरमा झरना डुम्रकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ छन् । यस्तै डिफेन्डरमा दीक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी बिके, ग्यान्शु डोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्शु बिके छन् ।

टाेलीकाे मिडफिल्डरमा दिकी स्याङ्बो तामाङ, कृतिका तामाङ, रबिना बिके र सहारा लिम्बु छन् । यस्तै विङ्गरमा बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सृजना बडुवाल रहेका छन् । यस्तै फरवार्डमा अस्मिता मगर, यामकुमार बिके, अनिता राना मगर र दीक्षा रनपाल रहेका छन् ।

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो अगस्ट २० देखि ३१ सम्म भूटानमा हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो