ग्रीसमा भीषण डढेलो, एक जनाको मृत्यु

एजेन्सी, २४ साउन । एथेन्सको दक्षिणपूर्वी कराटियामा लागेको भीषण डढेलोमा एक वृद्धको मृत्यु भएको छ ।

टोगानी क्षेत्रमा आफ्नै घरभित्र उनको शव फेला परेको ग्रीक अग्नि नियन्त्रण विभागले जनाएको छ । शुक्रबार दिउँसो मनाउत्सो क्षेत्रमा सुरु भएको आगो तीव्र हावाका कारण छिट्टै फैलिँदै सात बस्ती खाली गरिएका छन् ।

करिब सात किलोमिटर फैलिएको आगो नियन्त्रणका लागि करिब १९० अग्नि नियन्त्रक, ४४ सवारीसाधन र हेलिकप्टर तथा विमान परिचालन गरिएको छ ।

ग्रीसका अन्य भागहरूमा पनि २४ घण्टाभित्र ५० भन्दा बढी डढेलोको घटना भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर