काठमाडौँ, २२ साउन । भदौ ६ गते देखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ ।
आज क्युएफएक्स सिभिल मलमा एक समारोहको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
मुनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित सो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।





