‘कबड्डी ५’को छायांकन दशैं लगत्तै सुरु हुने

काठमाडौँ, २१ साउन । चर्चित फिल्म फ्रेन्चाइजी ‘कबड्डी’को पाँचौ श्रृंखलाको छायांकन दशैं लगत्तै सुरु हुने भएको छ ।

निर्माता तथा निर्देशक रामबाबु गुरुङका अनुसार दयाहाङ राई, मिरुना मगरसहितका शीर्ष कलाकारले निरन्तरता पाउनेछन् ।

केही कलाकार हेरफेर हुनसक्ने उनले बताए । अभिनेता विजय बरालले पनि दशैं टीकाको भोलिपल्टदेखि नै आफूहरू छायांकन थलोमा जाने तयारी भैरहेको बताए । यतिबेला निर्देशक समेत रहेका रामबाबुले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।

यसबाहेक, बाँसरी फिल्म्सको अर्को बहुप्रतीक्षित फिल्म ‘जारी’को दोस्रो श्रृंखला संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको