गाजा पूर्ण कब्जा गर्ने नेतन्याहूको प्रस्ताव

एजेन्सी, २१ साउन । इजरायली सञ्चारमाध्यमहरूका अनुसार इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहूले सुरक्षा मन्त्रिपरिषद्सँगको बैठकमा गाजा पट्टीलाई पूणरुपमा कब्जा गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै यो निर्णय भइसकेको स्थानीय पत्रकारहरूले बताएका छन् । “हामी गाजा पट्टीमा पूर्ण कब्जा गर्न गइरहेका छौँ । हामी हमासलाई परास्त गर्नेछौँ,” ती अधिकारीले भने ।

सेना प्रमुख र अन्य सैन्य अधिकारीहरू यो योजनाको विरोधमा रहेको भन्ने रिपोर्टहरूको बारेमा ती अधिकारीले भने, “यदि, यो योजना स्टाफ प्रमुखलाई स्वीकार्य छैन भने उनले राजीनामा दिनुपर्छ ।”

यसैबीच, बन्धकका परिवारहरू यो प्रस्तावलाई लिएर  चिन्तित रहेको बताइएको छ । उनीहरूलाई के डर छ भने यसले गाजामा बाँकी रहेका बन्धकहरूको ज्यानलाई खतरामा पार्न सक्छ । 

छुट्न बाँकी रहेका ५० मध्ये २० बन्धक अझै जीवित रहेको हुनसक्ने अनुमान गरिएको छ ।

इजरायलका धेरै नजिकका सहयोगीहरूले पनि यस्तो कदमको निन्दा गर्ने बताइएको छ । उनीहरू युद्ध अन्त्य गर्न र मानवीय संकट कम गर्न कारबाहीको पक्षमा छन् ।

इजरायलभित्र गुप्तचर एजेन्सीका पूर्वप्रमुखहरूसहित सयौं अवकाशप्राप्त इजरायली सुरक्षा अधिकारीहरूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संयुक्त पत्र लेख्दै नेतन्याहूलाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका थिए ।

धेरै सर्वेक्षणहरूले प्रत्येक चार इजरायलीमध्ये तीनजना इजरायली बन्धकहरूको फिर्तीका लागि युद्धविराम सम्झौताको पक्षमा रहेको बताइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर