अमेरिकाको एरिजोनामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी, २१ साउन । अमेरिकाको एरिजोना राज्यस्थित चिन्ले विमानस्थलमा मंगलबार एक मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

नवाजो नेशन प्रहरी विभागका अनुसार दुई प्रोपेलर भएको बिचक्राफ्ट ३०० मोडेलको विमान दिउँसो १२ः४० बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । विमान नवाजो नेशन अन्तर्गतको चिन्ले नगरपालिकास्थित विमानस्थलमा अवतरणका क्रममा खस्दा चढेका सबै चार जना स्वास्थ्यकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सबै जना मेडिकल कर्मचारी रहेको अधिकारीहरूले जनाएका छन् । ती कर्मचारी नजिकैको अस्पतालबाट बिरामी लिन गएका थिए ।

प्रहरीका अनुसार विमान न्यु मेक्सिकोको अल्बुकर्कस्थित एक कम्पनीको स्वामित्वमा रहेको थियो । कम्पनीले मृतकका आफन्तलाई जानकारी गराइसकेको जनाइएको छ। हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर