दीपिकाको रिल्सले राख्यो विश्व रेकर्ड

काठमाडौँ, २० साउन । अभिनेत्री दीपिका पादुकोण यो समयमा बलिउडकी सबैभन्दा चर्चित स्टार हुन् ।

उनी हालै हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार बनिन् । उनले अर्को कीर्तिमान रचेकी छन् ।

उनको एक इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ, जुन विश्व कीर्तिमान हो । उनलाई इन्स्टाग्राममा मात्र ८ करोड जनाले पछ्याएका छन् ।

दीपिकाले यसअघि क्रिकेटर हार्दिक पाण्ड्याको १.६ बिलियन भ्यूजको रिल्स र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डाको ५०३ मिलियन भ्यूज भएको रिल्सको कीर्तिमानलाई समेत उछिनेकी छन् ।

दीपिकाको सबैभन्दा धेरै हेरिएको हिल्टन होटलमा बनाइएको एक रिल्स हो । यो रिल्स निर्माणमा हिल्टन होटल र दीपिकाले पेड पार्टनिरसिप गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको