रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घलाई भारतको कडा जवाफ

एजेन्सी, २० साउन । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै भारतको भनाइ सार्वजनिक गरेका छन् ।

उनले यूक्रेन युद्ध शुरू भएदेखि रुसबाट तेल आयातको विषयमा अमेरिका र युरोपेली सङ्घले भारतलाई निशाना बनाउँदै आएको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

युद्धका कारण परम्परागत आपूर्ति मार्ग युरोपतिर मोडिएको अवस्थामा भारतले रुसबाट तेल आयात शुरू गरेको भारतको जवाफ छ । युद्धको समयमा अमेरिका स्वयम्ले विश्वको तेल बजारमा स्थिरता कायम रहने गरी भारतलाई तेल आयात गर्न प्रोत्साहन गरेको भारतीय पक्षको बुझाइ छ ।

आफ्ना उपभोक्ताहरूलाई सस्तो र स्थिर उर्जा उपलब्ध गराउन आयात गर्ने र यो विश्व बजारको अवस्थाले बनाएको आवश्यकता भएको भारतको प्रतिक्रिया छ । भारतीय विदेश मन्त्रालयका अनुसार युरोप–रुस व्यापार केवल उर्जामा मात्रै सीमित छैन । यसमा खनिज पदार्थ, रसायन, फलाम, स्टील, मेसिन र यातायातका सामानहरू पनि यस व्यापारमा समावेश छन् ।

अमेरिकाको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्ता जायसवालले अमेरिका अझै पनि आफ्ना परमाणु उद्योगका लागि रुसबाट यूरेनियम हेक्साफ्लोराइड आयात गर्ने गरेको आरोप लगाएका छन् ।

साथै, विद्युतीय गाडी उद्योगका लागि आवश्यक सामान र रसायनहरू पनि रुसबाट अमेरिका आउने गरेको उनको भनाइ छ ।

यस कारण भारतलाई निशाना बनाउनु अन्यायपूर्ण र अविवेकी कदम भएको जायसवालले स्पष्ट पारेको खबरमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा