काठमाडौँ, १९ साउन । १२ कक्षाको नतिजा आज साँझ सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डका अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।






