न्यूयोर्क, १९ साउन । न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि दीया श्रेष्ठले जितेकी छन् । गएराति न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा आयोजित ग्राण्ड फिनालेमा उनले ८औँ संस्करणको ताज पहिरेकी हुन् ।
न्यूयोर्क निवासी दीयाले उपाधि जितेसँगै आगामी वर्ष हुने मिस नेपाल प्रतियोगितामा सीधै प्रवेश पाउने अवसर प्राप्त गरेकी छन्। साथै, नेपाल पर्यटन बोर्डको सद्भावना दूत समेत उनी बन्नेछिन् ।
प्रतियोगितामा अमेरिका भरिका विभिन्न १९ जना प्रतिस्पर्धी सुन्दरीहरूले भाग लिएका थिए । तीमध्ये टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भए ।
फिनालेमा अभिनेता प्रदीप खड्का, नायिका आँचल शर्मा, अनुपविक्रम शाही, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए ।






