फिल्म ‘रियाल रिंगेट’को प्रदर्शन आजदेखि स्थगन

काठमाडौँ, १९ साउन । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रियाल रिंगेट’का निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका छन् ।

विज्ञप्ति जारी गर्दै निर्माता गगनलाल प्रधानले आजदेखि प्रदर्शन स्थगन गरिएको जनाएका हुन् । उचित समयमा शो नदिएको कारण प्रदर्शन रोक्ने निर्णय गरिएको निर्माता प्रधानले जनाएका छन् ।

‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदाहुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ’ निर्माता प्रधानले उल्लेख गरेका छन् ।

निर्माणमा परिश्रम, मेहनत र लगानीअनुरूप प्रदर्शन समय नपाएकाले बाध्य भएर हलबाट निकाल्नु परेको विज्ञप्तिमा जनाइएको छ । रेबेल फिल्म्सले यस निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शकसामु क्षमायाचना पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ