रुसको कामचट्कामा २४ घण्टामा ६५ वटा भूकम्प

मस्को, १८ साउन । रुसको सुदूरपूर्वी क्षेत्र कामचट्कामा पछिल्लो २४ घण्टामा ६५ वटा भूकम्प गएको छ ।

यो यहीँ क्षेत्र हो जहाँ जुलाई ३० मा ८.८ तीव्रताको भूकम्प गएको थियो । कामचट्काको जियोफिजिक सर्भिस कार्यालयले टेलिग्राममार्फत २४ घण्टामा ६५ वटा भूकम्प गएको जनाएको छ । 

अघिल्लो दिन मध्यराति देखि अगस्ट २ को राति ११ बजेसम्म गएका यी भूकम्पमध्ये १० वटाचाहिँ महसुस नै हुने खालको भएको भनिएको छ । समग्रमा भने ६५ वटा भूकम्प गएको बताइएको छ । शक्तिशाली भूकम्प गएकोले पराकम्प महिनौँसम्म आइरहने भूगर्भ विज्ञहरूले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज ।कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ । प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका

काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल

काठमाडौँ, ६ असोज । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार