अस्पताल पुगेर माग्ने बुढाद्वारा आर्थिक सहयोग

काठमाडौँ, १८ साउन । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले स्वास्थ्य समस्याबाट जुधिरहेकी सौन्दर्य प्रतियोगिता ‘एमस नेपाल इन्टरनेसनल २०२३’ विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

सुवेदीको उपचार भैरहको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगेर उनले अर्थ सहयोग प्रदान गरे । ‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो । मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेले भने ।

उनले संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे । प्रतियोगिताका प्रमुख निशुकान्त झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग प्रेरणादायी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको