बङ्गलादेशले प्रजातान्त्रिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने

एजेन्सी, १८ साउन । बङ्गलादेशको अन्तरिम सरकारले विगतको सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको अवसरमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने जनाएको छ ।

झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहले राजनीतिक परिवर्तन ल्याएको हो । सन् २०२४ अगष्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य गरेपछि नयाँ सरकार गठन भएको हो ।

नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा नेतृत्व गरिरहनुभएको छ । युनुसले यसअघि प्रजातान्त्रिक संस्थाहरूको सुधारका लागि ‘ठूलो प्याकेज’ सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सन् २०२६ को शुरुमा हुन लागेको चुनावअघि राजनीतिक दलहरूबीच सत्ताका लागि होडबाजी चल्दा सहमतिको प्रयासमा सुस्तता छाएको छ । युनुसको सरकारले राजनीतिक शक्ति सङ्घर्षले प्राप्त उपलब्धिलाई खतरामा पार्ने चेतावनी दिएको छ ।

जुलाई २९ मा युनुसले आफू समावेशी, सहभागितामूलक र विश्वसनीय निर्वाचन प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीका लागि व्यापक राष्ट्रिय सहमति निर्माण गर्न लागि परेको बताउनुभएको थियो । युनुसको कार्यालयले हिजो जनविद्रोहमा संलग्न सबै राजनीतिक दलहरूको उपस्थितिमा जुलाईको घोषणा अनुसार राष्ट्रसमक्ष कार्यक्रम प्रस्तुत गरिने जनाएको अन्तर्राराष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्