पाकिस्तानमा बम खेलाउँदा विस्फोट भई पाँच बालबालिकाको मृत्यु

एजेन्सी, १८ साउन । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शनिबार एउटा पुरानो मोर्टारको गोला विस्फोट हुँदा कम्तीमा पाँच बालबालिकाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । 

यो घटना लक्की मरवत जिल्लामा भएको हो । प्रहरीका अनुसार बालबालिकाको एक समूहले पहाडबाट उक्त पुरानो मोर्टारको गोला फेला पारेर आफ्नो गाउँमा ल्याएका थिए । उनीहरूले त्यसलाई खेलौना सम्झेर खेलिरहेका वेला अचानक विस्फोट भयो । बालबालिकालाई आफूले बम खेलाइरहेको छु भन्ने थाहा थिएन । 

विस्फोटको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याएको थियो । अस्पतालका एक प्रवक्ताले घाइते १२ जनामध्ये अधिकांश बालबालिका रहेको र केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असाेज । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।  थापासँगको छलफलपछि

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।