काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

काठमाडौँ, १७ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको छ।

प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन खुलाइएको हो । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साउन १८ गते, साँझ ५:०० बजेभित्र अनलाइन आवेदन पेस गर्न आग्रह गरेको हो। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई