अमेरिकामा गोली प्रहारबाट चार जनाको मृत्यु

एजेन्सी, १७ साउन । अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन् ।

यो घटना शुक्रबार मोन्टानाको एक बारमा भएको हो । प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ । जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

जाँचको नेतृत्व गरिरहेको मोन्टाना अपराधिक जाँच विभागका अनुसार गोली प्रहार स्थानीय समय अनुसार शुक्रबार बिहान साढे १० बजे एनाकोन्डा द आउल बारमा भएको हो । घटनास्थलमै चार जनाको मृत्यु भएको छ ।

सार्वजनिक रेकर्ड अनुसार संदिग्धको पहिचान गरिएको छ । ४५ वर्षीय माइकल पाउल ब्राउनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनी बारकै छेउमा बस्दै आएका थिए ।

सुरक्षा अधिकारीका अनुसार एक स्वाट टिमले उनको घरको तलासी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न