‘जारी–२’ले तोक्यो प्रदर्शन मिति

काठमाडौँ, १६ साउन । चलचित्र ‘जारी–२’ले तीन पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको छ ।

यो चलचित्र असोज ३ गते रिलिज हुनेछ । ‘जारी–२’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् ।  तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् । बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगर मात्र छन् । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङ्लेखुलगायतको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता निर्देशकसमेत रहेका रामबाबु गुरुङ हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको