‘हरिबहादुरको जुत्ता’को पोष्टर सार्वजनिक

काठमाडौँ, १६ साउन । चलचित्र ‘हरिबहादुरको जुत्ता’को पोष्टर सार्वजनिक भएको छ ।

निर्माणपक्षले शुक्रबार सार्वजनिक गरेको पोष्टरमा हरिवंश आचार्य छन् । हरिबहादुर पात्र टेलिभिजन दर्शकमाझ लोकप्रिय छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका हुन् 

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र दसैँको फूलपाती (असोज १३ गते)देखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको