काठमाडौँ, १६ साउन । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आएको छ ।
प्रवासी नेपाली श्रमिकहरूको संघर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्रले प्रिमियरमा तारिफ बटुलेको थियो ।
चलचित्रको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन् । छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राईलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्र विभोर पोखरेलले निर्देशन गरेका छन् । चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका छन् ।






