म्यानमारमा सैन्य सरकारले लगाएको सङ्कटकाल हट्यो

काठमाडौँ, १५ साउन । म्यानमारमा चार वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले सङ्कटकाल हटाएको छ ।

सन् २०२१ को फेब्रुअरीमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नो नेतृत्वमा सरकार बनाएको सेनाले त्यही बेला सङ्कटकाल घोषणा गरेको थियो ।

यसअघि नै आउँदो डिसेम्बरमा चुनाव गर्ने घोषणा गरेको सैन्य सरकारले सङ्कटकाल पनि हटाएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ । तर चुनावको मिति भने घोषणा भएको छैन ।

विपक्षी दलहरूले चुनावमा सहभागी नहुने बताएका छन् । अहिले म्यानमारको विधायिका, कार्यपालिका र न्यायपालिका सबै सेना प्रमुख मिन आङ ह्लाइङको प्रत्यक्ष नियन्त्रण रहेको छ । यस्तो अवस्थामा निष्पक्ष चुनाव हुन नसक्ने विपक्षीहरूको भनाइ छ ।

सेनाले कु गरेर सत्ता कब्जा गरेपछि शुरू भएको गृहयुद्धमा हजारौंको ज्यान गइसकेको छ । अहिले विद्रोही सेनाले कतिपय शहरहरू नै कब्जामा लिएका छन् । सैनिक सरकारले चुनवअघि हतियार त्यागेर राजनीतिक मूलधारमा फर्किनेलाई नगद पुरस्कार घोषणा पनि गरेको द गार्डियनको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा